The Journey of Life

Philosophy of Life

This is painted in water color on a paper. I am not sure whether I wrote this article or painted, but this painting is based on the theme of this article (or equivalently, the article explains the painting). (more…)

जीवनयात्रा

the journey of lifeजून हाम्रो अन्तिम लक्ष्यको प्रतीक बनेर दूर गगनमा मुस्कुराइरहेछ। हाम्रा महत्वकांक्षी हातहरु एकदिन जून नै पाउने आशमा बलेको दीपशिखा झैं माथि फर्किएका छन् । उकालो यात्रातर्फ उन्मुख छन हाम्रा हातहरु। हाम्रा हातहरु आगो झैं सधैं माथि चढ्न खोज्छन् । महाकबिले नसिकाएका भएपनि आगोले माथि चढ्न त्यसै पनि जान्ने थियो, तर उनले सिकाए – उडेर जून छुने इच्छा हरेक ब्यक्तिमा जड भएर बसेको छ। हाम्रा हातहरु आगोमा रुपान्तरित भएका छन्- बल्दो दीप बनेर।

जीवन एकोहोरो यात्रा हो। तर एकोहोरो भएर पनि यो सोझो यात्रा भने होइन । यहाँ थुप्रै मोड र घुम्तीहरु छन्, थुप्रै उकाली र ओरालीहरु छन् । थुप्रै सुस्केरा र थकाईहरु छन्, थुप्रै स्वागत र बिदाइहरु छन्। दु:ख पिराइ पनि छ जीवनमा, हास खेल ठट्टा पनि छ जीवनमा। त्यसैले जीवनयात्रा एक्लो यात्रा होइन। जीवनमा एउटै जुवामा नारिएर दुई बिपरित ध्रुवहरु आउने गरेका छन् । एउटा उकालोलाई फर्केर हेर्दा त्यो स्वत: ओरालो भइदिन्छ। त्यसैले जीवनमा उर्ध्वगमन मात्रै सम्भव छैन। जीवन अधोगमन पनि हो। आगो संगै पानी पनि एउटै सिक्काको अर्को पाटो मात्रै हो। (more…)