अमुल्य

हिलोभित्र उम्रिएका कमलका पातहरु,
टिप्नलाई लम्किएका कलकलाउँदा हातहरु ।

ठीक बेठीक नसोचेरै गरिएका छुल्याँइमा,
काँधमा हात राखिदिने दौंतरीका साथहरु ।

निगुरमुन्टी लगाएर कान समाई बस्नुपर्दा,
नैतिक शिक्षा पढाउने गुरुजीका बातहरु ।

झ्यालबाट सिरानीमा उज्यालोको धर्को खस्दा,
टोलाएरै काटिएका जुनेलीका रातहरु ।

उमंगका रंगहरुमा सम्झनामा पोतिएका,
मदिरालाई माथ गर्ने जवानीका मातहरु ।

हिलोभित्र उम्रिएका …

जीवनयात्रा

the journey of lifeजून हाम्रो अन्तिम लक्ष्यको प्रतीक बनेर दूर गगनमा मुस्कुराइरहेछ। हाम्रा महत्वकांक्षी हातहरु एकदिन जून नै पाउने आशमा बलेको दीपशिखा झैं माथि फर्किएका छन् । उकालो यात्रातर्फ उन्मुख छन हाम्रा हातहरु। हाम्रा हातहरु आगो झैं सधैं माथि चढ्न खोज्छन् । महाकबिले नसिकाएका भएपनि आगोले माथि चढ्न त्यसै पनि जान्ने थियो, तर उनले सिकाए – उडेर जून छुने इच्छा हरेक ब्यक्तिमा जड भएर बसेको छ। हाम्रा हातहरु आगोमा रुपान्तरित भएका छन्- बल्दो दीप बनेर।

जीवन एकोहोरो यात्रा हो। तर एकोहोरो भएर पनि यो सोझो यात्रा भने होइन । यहाँ थुप्रै मोड र घुम्तीहरु छन्, थुप्रै उकाली र ओरालीहरु छन् । थुप्रै सुस्केरा र थकाईहरु छन्, थुप्रै स्वागत र बिदाइहरु छन्। दु:ख पिराइ पनि छ जीवनमा, हास खेल ठट्टा पनि छ जीवनमा। त्यसैले जीवनयात्रा एक्लो यात्रा होइन। जीवनमा एउटै जुवामा नारिएर दुई बिपरित ध्रुवहरु आउने गरेका छन् । एउटा उकालोलाई फर्केर हेर्दा त्यो स्वत: ओरालो भइदिन्छ। त्यसैले जीवनमा उर्ध्वगमन मात्रै सम्भव छैन। जीवन अधोगमन पनि हो। आगो संगै पानी पनि एउटै सिक्काको अर्को पाटो मात्रै हो। Continue reading “जीवनयात्रा”