गजल ४

अँध्यारो भो’ मनभित्रको आकाश अलिकति
नपाई तिम्रो मुस्कानको प्रकाश अलिकति ।

फूल नै हौ तिमी आखिर, खानी सौन्दर्यकी
लाख हुन्थ्यो पाएदेखि सुवास अलिकति ।

पूर्णचन्द्र मुहारबाट पन्छाउन बादल
गरिनौ कि अधर खोल्ने प्रयास अलिकति?

पीडा हुन्छ हृदयमा, अभावमा तिम्रो
दिन्नौ किन दर्दलाई निकास अलिकति?

मायामात्र प्रेमीलाई हुन्न रैछ काफी,
खाँचो भयो मायालाई विश्वास अलिकति ।।

अँध्यारो भो’ मनभित्रको।।।

Tags: , , , , ,

Sunday, October 25th, 2009| surplus | Gazals | Literature | Comment | Trackback |

Reply