उपहार

एउटा अर्को सामान्य दिन
असामान्य उमङ्गमा उदाइदिन्छ-
चराको चिरबिर मीठो आज
हावाको सुसेली मीठो आज ।
तिम्रो अनुपस्थितिको प्रेमदिवस
बिहानै घाम बनेर झ्यालसम्म आइपुग्दा
पवन बनेर कानसम्म आइपुग्दा
नभेटिएकै सामीप्यता पनि
पुन: हराएझैं अनुभव यो ।
हृदयमा कुदिँएकी तिमी
मनमा सजिएकी तिमी
हत्केलाका धर्काहरुमा कोरिएर
कतै लुकेकी भए,
सपनाहरु कुनैदिन बद्लिदिन्छन् यथार्थमा ।
मायाको नजरमात्र पाए
तिम्रो साथको पर्खाइमा
यो दिन के समय हो,
जुग नै पनि निमेषमात्र ।
विश्वस रहे मायामा
हर बिहान प्रेमदिवस होइन र?
एउटा अर्को सुन्दर दिन
मायाको उपहार तिमीलाई !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *